पाल्पा , रामपुर नगरपालिकाले स्वास्थ्य संस्थाले गरेका कामको अर्धवार्षिक समिक्षा गरेको छ ।
रामपुर नगरपालिका स्वास्थ्य शाखाले विहिबार स्वास्थ्य संस्थाबाट पछिल्लो ६ महिनाको अवधिमा सम्पादित कामको समिक्षा गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत रहेका १६ वटा स्वास्थ्य संस्थाहरुबाट भएका स्वास्थ्य सम्बन्धी सम्पूर्ण कामको समिक्षा गरिएको छ । अर्धवार्षिक अवधिमा भएका सम्पादन गरेका कामको समिक्षा मूल्याङ्क सहित भावि रणनीतिका विषयमा छलफल गरिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत टुक प्रसाद पोखरेलले स्वास्थ्य सम्बन्धि गतिविधि , अवस्थाको बारेमा जानकारी सहित कार्यक्रमकाे सहजीकरण गर्नु भएको थियो ।
रामपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको अर्धवार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य शाखा र नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।