भरुवा बन्दुक सहित एक जना पक्राउ

पाल्पा, पाल्पामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । भरुवा बन्दुक बोकेर हिडीरहेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँराका ४६ वर्षीय लिलाबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार अपरान्ह भरुवा बन्दुक बोकी हिडीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मुझुङ बाट गस्तीमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । खत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?