रामपुर नगरपालिका द्वारा खेलाडीहरुलाई सम्मान

रामपुर नगरपालिकालाई ट्रफी र प्रमाण पत्र हस्तान्तरण गरिद‌ै ।

पाल्पा, रामपुर नगरपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ । रैनादेवी छहरा गाउँपालिकामा भएको भलिबल प्रतियोगितामा विजयी खेलाडीहरुलाई शुक्रबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका विच सम्मान गरेको हो ।

विहिबार सम्पन्न पालिका स्तरीय चौथो अध्यक्ष कप भलिबल प्रतियोगितामा रामपुर नगरपालिकाले उपाधी जितेको थियो । खेलाडीहरुलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल क्षेत्रको विकासका लागि सिमित स्रोत र साधनका विच पनि रामपुर नगरपालिकाले उच्च प्राथमिकताका साथ लागेको बताउनुभयो । उहाँले खेलकुद र खेलाडीको हितको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । नगर प्रमुख थापाले खेलाडीहरुको प्रतिभा , मेहनत र उत्सहाले प्रतियोगितामा जित्न सफल भएको भन्दै आगामी दिनमा अझ सफलताको शुभाकामना दिनुभयो ।

भलिबल प्रतियोगितामा रामपुर नगरपालिकाले रम्भा गाँउपालिकालाई पराजित गर्दै विजयी भएको थियो । प्रथम स्थान हासिल गर्न सफल रामपुर नगरपालिकाले नगद ७५ हजार रुपैयाँ सहित शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । कार्यक्रमका अवसरमा प्रतियोगितामा प्राप्त शिल्ड र प्रमाण पत्र नगरपालिकालाई हस्तान्तरण समेत गरेको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रम नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?