वालिङमा जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते

स्याङ्जा, वालिङ नगरपालिका–११ मा शनिबार जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् । वालिङबाट धनपुर तर्फ जाँदै गरेको ग २ च ७४७९ नं. को बलेरो जिप छत्युन स्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो ।

घाईतेहरु हुनेहरुमा जिप चालक वालिङ नगरपालिका वडा नं ११ जोहानखोलाका ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, छत्युन बस्ने १९ वर्षीय नम्रता खत्री, वडा नं १० बस्ने ३२ वर्षीय सुकमाया सुन्धौली र सुन्धौलीको १३ वर्षीय छोरा संगम सुन्धौली, वालिङ नगरपालिका ११ छत्युन बस्ने ७७ वर्षीय रन बहादुर मगर, ७५ वर्षीय लाटी मगर, जुहानखोला बस्ने ३६ वर्षीय हुमकला पंगेनी, भकभका बस्ने १७ वर्षीय करिना खवास र भीरकोट नगरपालिका ५ स्वरेक बस्ने ३० वर्षीय विन्दु खवास रहेका छन् ।

घाइते मध्ये चार जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र बाँकी पाँच जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो । अपरान्ह ३ः४० मा जिप ब्रेक फेल भई सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?