स्याङ्जा, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका-६ मा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । करेन्ट लागेर भेडाबारीका ५२ वर्षीय हर्कबहादुर थापाको मृत्यु भएको हो ।
वडा नं. ६ को झाँक्रीथान स्थित गोरेटो बाटो हिँड्ने क्रममा हाइटेन्सन लाईन चुटेर घाटीमा छोइँदा घटनास्थलमै मृत्यु भएको हो । घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।