पाल्पा, रामपुर नगरपालिकाको मुख्य बजार बेझाँडमा आइतबार होली महोत्सव सम्पन्न भएको छ । फागु पूर्णिमाको अवसरमा द खु,कुरी युथ क्लवु रामपुरले आयोजना गरेको प्रथम होली महोत्सव हजारौं दर्शकहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
होली विशेष कार्यक्रमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले युवा शक्ति समाज रुपान्तरणको मुख्य आधार रहेको बताउनुभयो । उहाँले असत्य माथि सत्यको जित भएको दिनको अवसरमा मनाइने होली पर्वको फरक सांस्कृति महत्व रहेको बताउँदै थापाले युवाहरुलाई सत्यको मार्गमा हिड्न समेत आग्रह गर्नुभयो । साथै थापाले स्थानिय स्तरमा हुने सांगितिक कार्यक्रमले प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने बताउनुभयो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अर्जुन सुनार र रामपुर उद्योग वाणिज्य संघका महासचिव पुरुषोत्तम केसीले कार्यक्रमले मनोरञ्जन संगै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो ।
बेझाँड बजार चोकमा भएको कार्यक्रममा चर्चित र्यापर निरज मल्ल ठकुरी ‘टुकी’, द मिष्टेरियस ग्रोभर्स व्याण्ड पोखरा र स्थानीय कलाकार तथा व्याण्डहरुको सांगितिक प्रस्तुति भएको थियो । युवाहरु एक आपसमा आपसी सद्भाव कायम गर्दै कलाकरहरु संगै झुमेका थिए । त्यस्तै कार्यक्रमको अवसरमा मट्का फोर्ने कार्यक्रम समेत भएको थियो । वि व्वाईज रामपुरले मटका फोरेका थिए । समुहलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै प्राप्त रकम वि व्वाईज रामपुरले क्यान्सर पिडित कृष्णदेवी रानाको उपचारको लागि सहयोग गरेको छ ।
द खु,कुरी युथ क्लवका अध्यक्ष शंकर सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विनोद वि.कले गर्नु भएको हो ।