एसईईको पहिलो दिन पाल्पामा ५९ परीक्षार्थी अनुपस्थित

पाल्पा, पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा ५९ जना अनुपस्थित भएका हुन् ।

चार हजार १८२ जना परीक्षार्थी मध्ये नियमिततर्फ ३० छात्रा र २० छात्र गरी ५०, प्राविधिकतर्फ १ छात्र, ग्रेड वृद्धितर्फ २ छात्रा र ६ छात्र गरी ८ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो । पहिलो दिनको परीक्षा शान्त वातावरणमा मर्यादित रुपमा सम्पन्न भएको एकाइ प्रमुख सुवेदीले बताउनुभयो ।

जिल्लाको १० पालिकाका १ सय ३८ विद्यालयका परीक्षार्थीले २७ वटा परीक्षा केन्द्र बाट परीक्षा दिइरहेका छन् । पाल्पामा कारागार र हिरासतबाटै एक–एक जना परीक्षामा सहभागी भएका छन् । त्यस्तै, एक जना दृष्टिविहीन परीक्षार्थीले पनि परीक्षा दिएका छन् । परीक्षा सञ्चालनका लागि २७ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, दुईसय १० जना निरीक्षक, ४० जना परीक्षा सहायक, ८४ जना कार्यालय सहयोगी तथा ४ सय १० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लामा सबैभन्दा धेरै परीक्षार्थी रामपुर ६ विजयपुरस्थित दरौटी मावि केन्द्रमा र सबैभन्दा कम बगनासकालीको चापपानीस्थित चन्द्र माविका परीक्षार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?