रामपुर युवा क्लवको अग्रसरतामा मजदुरको शव अन्त्यष्टी

पाल्पा, रामपुर युवा क्लव रामपुर पाल्पाले मजदुरको शव अन्त्यष्टी गरेको छ । तीन दिन देखि रामपुर अस्पतालको शव गृहमा रहेको ३६ वर्षीय भोला प्रसाद श्रीवास्तवले शवको विहिबार रामघाटमा अन्त्यष्टी गरेको हो ।

वीरगंज महानगरपालिका ८ का पर्सा घर भै मजदुरीको लागि रामपुर–५ नहर अफिसमा बस्दै आउनु भएका श्रीवास्तवले गत चैत १३ गते आफ्नै कोठामा आत्महत्या गरेका थिए । पाँच वर्ष देखि रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका श्रीवास्तवको मृत्यु पश्चात शव पोष्टमार्टम भए पनि तीन दिन देखि शव गृह मै रहेको थियो । श्रीमती माया मुखिया श्रीवास्तव बाहेक अन्य कोही आफन्त सम्पर्कमा नआए पछि शव अन्त्यष्टीमा समस्या भएको थियो ।

घाट सम्म लैजान खर्च नभएको र अन्य आफन्त सम्पर्कमा नआए पछि क्लबको सक्रियतामा अन्त्यष्टी गरिएको हो । क्लवका पदाधिकारी सहितका युवाहरूले इलाका प्रहरी कार्यालय रामपुरको समन्वयमा शवको अन्त्यष्टी गरेको हो । मृतकको श्रीमति माया मुखिया श्रीवास्तव संगै क्लवका सल्लाहाकार तथा पदाधिकारी सहित युवाहरु र प्रहरीको उपस्थितिमा शव कालीगण्डकीको किनार रामपुर–५ रामघाटमा लगेर अन्त्यष्टी गरिएको रामपुर युवा क्लवका अध्यक्ष छम बहादुर दरैले जानकारी दिनुभयो । चार हजार बढीको लागतमा अन्त्यष्टी कार्य गरिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?