रैनादेवी छहरा -७ बाट पुन: चार थान भरुवा बन्दुक बरामद

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका-७ बाट प्रहरीले शुक्रबार पनि एक नाले चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले थप चार थान बन्दुक बेबारीसे अवस्थामा जंगल बाट बरामद गरेको हो ।

तीन दिन अघि मात्र बुधबार रैनादेवी छहरा-७ बाट विभिन्न जंगल बाट पाँच थान बन्दुक बरामद गरेको थियो । शुक्रबार अस्थाई प्रहरी पोष्ट बेलबासबाट गस्तीमा खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा विहान जिल्ला पाल्पा रैनादेवी छहरा- ७, ढावा स्थितमा रहेको चन्द्रकार सामुदायिक जंगल बाट बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

बरामद भएको जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?