सूर्य ज्योति लाईफ रामपुर शाखा द्वारा दावी रकम भुक्तानी

पाल्पा, सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले विमितको परिवारलाई रकम भुक्तानी गरेको छ । चापाकोट नगरपालिका–६ मोहमी स्याङ्जाका भविसरा सार्कीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो ।

छ वर्ष अघि ३ लाख विमाङ्कको सावधिक वीमा योजना खरिद गर्नु भएका भविसराको निधन भएको थियो । उहाँका श्रीमान लाल बहादुर सार्कीलाई सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाका प्रमुख विष्णु लम्सालले चेक हस्तान्तरण गर्नु भएको हो । साथै कार्यक्रममा सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा सिल्खानटोल शाखा प्रमुख खर्ग सिंह सोमैको समेत उपस्थिति रहेको थियो ।

शाखा प्रमुख लम्सालले वीमा शुल्क दुई पटक बुझाए पश्चात रोकिएकाले बुझाएको रकम र बोनस रकम सहित ६२ हजार एक सय रुपैयाँ प्रदान गरिएको जानकारी दिनुभयो । भविसराले दुई किस्ता वापत ३९ हजार ८६४ रुपैयाँ कम्पनीलाई भुक्तानी गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?