सूर्य ज्योति लाईफ द्वारा मृत्यु दावी रकम भुक्तानी

पाल्पा, सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । चापाकोट नगरपालिका–२, स्याङ्जाका सरस्वती रानाको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो ।

आठ वर्ष अघि ५ लाखको सावधिक वीमा पोलिसी खरिद गर्नु भएका रानाको केही महिना अघि निधन भएको थियो । सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले आइतबार एक कार्यक्रमका विच छ लाख ८० हजार ३७५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाका प्रमुख विष्णु लम्सालले तानसेन शिल्खानटोल शाखा प्रमुख खर्ग सिंह सोमै, वीमाको लागि सहजिकर गर्ने अभिकर्ता दुर्गा थापाको लगाएतका व्यक्तिहरुको उपस्थितिमा स्वर्गीय रानाको श्रीमान केशव थापालाई चेक हस्तान्तरण गर्नु भएको हो ।

शाखा प्रमुख लम्सालले विमाङ्क रकम ५ लाख र आर्जित बोनस सहितको रकमको चेक गरिएको जानकारी दिनुभयो । स्वर्गीय रानाले ८ किस्तामा २ लाख ८१ ह्जार ८ सय प्रिमियम भुक्तानी गर्नु भएको थियो । त्यस्तै कम्पनीले स्वर्गीय रानाको छोरी प्रशंसा थापालाई मासिक आय सुविधा प्रदान गरेको छ । रानाले आफु प्रस्तावक भई छोरीको नाममा एक लाखको विमाङ्कको सूर्य ज्योति बालसावधिक जीवन बीमालेख खरिद गर्नु भएको थियो । उहाँको निधन संगै छोरीलाई लागि मासिक आय सुविधा प्रदान गरेको हो ।

चार महिना वापतको चार हजार रुपैयाँ रकम प्रदान गरेको हो । यस संगै प्रशंसाले मासिक एक हजार प्राप्त गर्नुहुनेछ । शाखा प्रमुख लम्सालका अनुसार बीमालेखको शर्त अनुसार बालिकाले १६ वर्षको उमेर सम्म मासिक आय सुविधा प्राप्त गर्नेछ । साथै बालिकाको बीमा शुल्क मिनाहा हुने र अवधि पश्चात नियम अनुसारको विमाङ्क रकम तथा बोनस रकम प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?