रामपुर–६ मा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा तीन जना घाईते

प्रकाश ज्ञावली
पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–६ मा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा तीन जना घाईते भएका छन् । चापाकोट बाट रामपुर नगरपालिका–७ रातमाटा तर्फ आउँदै गरेको लु ९२ प ८२५७ नम्बरको स्कुटरलाई विपरित दिशा बाट गैरहेको लु ४ त ४०२ नम्बरको ट्याक्टरले कालीआँपमा ठक्कर दिँदास्कुटरमा सवार तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक चापाकोट नगरपालिका–२ स्याङ्जाका २४ वर्षीय छविलाल श्रेष्ठ, स्कुटरमा सवार रामपुर नगरपालिका वडा नं. ७ रातमाता पाल्पाका ४९ वर्षीय विष्णु कुमारी श्रेष्ठ र बौदीकाली गाउँपालिका–२, डेढगाउँ बस्ने शान्ता श्रेष्ठको ७ वर्षीय छोरा संस्कार श्रेष्ठ घाईते भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । घाइतेहरुको रामपुर अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटना दिउँसो १२ः२० मा भएको थियो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?