कांग्रेस पाल्पाको शुभकामना आदनप्रदान संगै रचना वाचन कार्यक्रम सम्पन्न

पाल्पा, नेपाली कांग्रेस पाल्पाले शुभकामना आदनप्रदान संगै रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति पाल्पाले नेपाली लेखक संघ पाल्पाको संयोजनमा कार्यक्रम गरी नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम गरेको हो ।

कांग्रेस पाल्पाले नेपाली लेखक संघ पाल्पामा आवद्व साहित्यकारहरु सँग भेटघाट गरी साहित्यक रचना सुन्न र नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ  । कार्यक्रममा करिब ४० जना साहित्यकारहरूले आफ्ना रचना वाचन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका पुर्व सभापति राजन प्रसाद पन्तले नेपालको राजनीतिक घटना क्रम हेर्दा अराजकता तर्फ धकेलिएको बताउनुभयो । राजनीति गर्ने नेताहरू अब सुध्रिन आवश्यक रहेको भन्दै विपि कोइराले प्रतिपादन गरेको सिद्धान्त र बाटोमा हामी कति अडिग छौ, ईमान्दार छौ भन्ने विषयमा समिक्षा हुन जरूरी रहेको बताउनुभयो । कार्यक्रममा नेपाल भूपू सैनिक संघका केन्द्रीय अध्यक्ष मेघराज टेन्डन, पाल्पा साहित्य समाजका संरक्षण राजेन्द्र गोपाल सिंह, वरिष्ठ साहित्यकार हेमनाथ शर्मा, नेपाली लेखक संघका सल्लाहकार सदस्य एवम पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर राज रेग्मी, नेपाली लेखक संघका सल्लाहाकार एवं प्रदेश प्रतिनिधि डा. शंकर प्रसाद गैरे, साहित्यकार चित्रवलि राम सुवाल लगाएत विभिन्न भातृ एवम शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले साहित्यकारहरू समाजका ऐनाहरू रहेको बताउनुभयो । कांग्रेसका संस्थापक विपि कोइराला पनि आफैमा साहित्यकार रहेको भन्दै आफ्ना मनोभावनालाई साहित्यको माध्यम बाट भाव व्यक्त गर्ने गरेको बताउनुभयो । सोही अनुरूप नेपाली कांग्रेस पाल्पाले नेपाली लेखक संघमा आवद्ध साहित्यकारहरूको सिर्जना सुन्ने र साहित्यकारहरूबाट प्राप्त सल्लाहा र सुझावलाई लिई  पार्टीको गतिविधिलाई अगाडि बढाउन कार्यक्रम आयोजना गरेको श्रेष्ठले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको सभाहलमा भएको कार्यक्रम कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको सभापतित्वमा र नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारीले स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाली लेखक संघ पाल्पाका अध्यक्ष गोविन्द खनालले गर्नु भएको हो । कार्यक्रममा साहित्यकारहरूले देशको वर्तमान राजनीति, विकास पुर्वाधार, युवा शक्तिको पलायन, नेपाली कांग्रेसले अबलम्बन गर्नुपर्ने नीति लगाएतका विषयमा केन्द्रीकृत रहि रचना बाचन गरेका थिए ।

कार्यक्रमको अवसरमा कवि ८३ वर्षिय हुमनाथ शर्मालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?