पाल्पा, आज देखि नयाँ वर्ष २०८१ प्रारम्भ भएको छ । विक्रम संम्वत अनुसार हरेक वैशाख महिनाको १ गते देखि नयाँ वर्ष सुरु हुन्छ । नयाँ वर्ष २०७९ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदान प्रदान गरिदैछ ।
आजका दिन सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प सँगाल्दै मंगल कामनाका साथ मनाउने गर्छन् । यस अवसरमा समाजमा साहित्यिक कार्यक्रम, भेटघाट नाचगान, रमणीय स्थानको यात्रा तथा वनभोजको आयोजना गरी आपसमा नयाँ वर्षको शुभकामना व्यक्त गर्ने चलन छ । साथै विगत वर्षमा भएको तीता मिठा घटना तथा आपद् विपद् जस्ता अशुभ घडी यस वर्षमा नआओस् र सबैमा हर्षखुशी तथा शुभसमय छाइरहोस् भन्ने कामना पनि गर्ने गरिन्छ ।
नेपाली समाजमा प्रचलित सौर्यमानको आधारमा गते बार र चन्द्रमानको आधारमा तिथि पर्व निर्धारण गरिएको नेपाली पात्रो यसै दिनदेखि परिवर्तन गरिन्छ ।विक्रम संवत प्राचीन भारतवर्षका राजा विक्रमादित्यले प्रचलनमा ल्याएका हुन् । नेपालमा महत्वका साथ प्रयोग गरिने यो संवत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । यो अङ्ग्रेजी पात्रोको इस्वी संवतभन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ ।