भलायटारमा चैते दशैं सांगितिक मेला तथा भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा, रामपुर नगरपालिका-२ भलायटारमा चैते दशैं सांगितिक मेला तथा भलिबल प्रतियोगिता भएकाे छ । भलायटार युवा समुहको आयाेजनामा गत बैशाख ३ गते देखि शुरु भएकाे कार्यक्रम अन्तर्गत सांगितिक कार्यक्रम सकिएकाे छ भने भलिबल प्रतियोगिताकाे फाईनल खेल बाँकी रहेकाे छ ।

मेलाकाे समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विभिन्न चाडपर्व र साे समयमा हुने विविध कार्यक्रमले मनाेरञ्जन संगै संस्कार र संस्कृति सिकाउने बताउनुभयाे । उहाँले चाडपर्वकाे अवसरमा हुने कार्यक्रमले पर्वकाे महत्व बढाउनुका साथै खेलकुदकाे विकास र संस्कृतिकाे संरक्षण गर्न महत्त्वपूर्ण भुमिका खेलेकाे उल्लेख गर्नुभयो । थापाले विभिन्न अवसरमा आयाेजना हुने खेलकुद प्रतियोगिताले शारीरिक संगै बाैद्धिक विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले चैते दशैकाे धार्मिक र साँस्कृतिक महत्त्व रहेकाे भन्दै चैते दशैकाे अवसरमा हुने भलायटार मेला यस क्षेत्रकाे पहिचानकाे रुपमा रहेकाे बताउनुभयो । साथै उहाँले पाैराणिक महत्त्वकाे मेलालाई परिस्कृत गर्दै लैजान आवश्यक रहेकाे बताउनुभयो । वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीले खेलकुदकाे विकास संगै यस क्षेत्रकाे प्रचार प्रसारका लागि मेलाकाे महत्त्व रहेकाे उल्लेख गर्नुभयो । नेपाली काँग्रेस रामपुर २ का सभापति देव बहादुर रानाले विभिन्न अवसरमा हुने यस्ता कार्यक्रमले खेलकुदकाे विकास र चाडपर्वकाे महत्त्व बढाउने बताउनुभयो ।

भलायटार युवा समुहका उपाध्यक्ष महेन्द्र रानाकाे अध्यक्षतामा भएकाे कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियो । समुहका सचिव केशव सारुकाे स्वागतबाट शुरु भएकाे कार्यक्रमकाे संचालन कमल रानाले गर्नु भएकाे हो ।  मेला अन्तर्गत खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता समेत आयाेजना गरिएको थियो । प्रतियोगिता अन्तर्गत सेमिफाइनलकाे खेल सकिएकाे छ भने फाइनल खेल बिहीबार विहान हुने छ ।

फाइनल खेल आयाेजक र खुकुरी क्लव विच हुने छ । सेमिफाइनलमा आयाेजक समुहले कालिगण्डकी युवा क्लव वडा नं.१ लाई र खुकुरी क्लवले रम्भा १ हुँगीकाे समुहलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?