ज्योतिपुञ्ज युवा क्लव द्वारा ज्योतिपुञ्ज कपको आम्दानी खर्च सार्वजनिक

पाल्पा, ज्योतिपुञ्ज युवा क्लव रामपुर नगरपालिका–७, पाल्पाले ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक गरेको छ । क्लवको २७ औं वार्षिक उत्सव संगै वडा दशैं तथा दिपावलीको अवसरमा भएको प्रतियोगिताको खर्च सार्वजनिक गरेको हो ।

क्लवले गत असोज २२ देखि २८ गते सम्म प्रतियोगिता सञ्चालन गरेको थियो । शनिबार क्लवका सल्लाहाकार, कार्यसमितिका पदाधिकारी एवं सदस्य तथा सञ्चारकर्मीको उपस्थितिमा खर्च सार्वजनिक गरेको हो । क्लवका अध्यक्ष सुदिप गौतमले प्रतियोगिताको लागि विभिन्न व्यक्ति तथा संघ संस्था बाट १७ लाख ८३ हजार ८८८ रुपैयाँ, जापानीज नागरिक काजुमासा काकिमी (ओके बाजे) बाट तीन लाख सात हजार र रामपुर नगरपालिका बाट दुई लाख ४६ हजार ४२० गरी २३ लाख ३७ हजार ३०८ रुपैयाँ प्राप्त भएको बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि २२ लाख ५६ हजार ७३२ खर्च भएको जानकारी दिदै गौतमले ८० हजार ५७६ रुपैयाँ बचत गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा क्लवका सल्लाहाकार एवं नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेन, सल्लाहाकार ध्रुव पोखरेल, कृष्ण पौडेल लगाएतको उपस्थिति रहेको थियो । क्लवले यस वर्ष पनि प्रतियोगिता सञ्चालनको गर्ने जनाएको छ । प्रतियोगितामा ६ जिल्लाका १० समुहले सहभागीता जनाएको थियो । रामपुर नगरपालिका–७, किसानबारी खेल मैदानमा भएको प्रतियोगिताको उपाधी न्यू युथ युनियन क्लव तानसेन पाल्पाले जित्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?