टिप्परको ठक्कर बाट मोटरसाईकल चालकको मृत्यु

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका-२, मा टिप्परले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । रैनादेबी छहरा गाउँपालिका-६ बस्ने ४३ वर्षिय जग बहादुर बलालको मृत्यु भएको हो ।

शनिबार साँझ ६ बजे छिसखोला स्थित भित्रि कच्चि सडक खण्डमा बुटवलबाट कचल खानी तर्फ जाँदै गरेको लु २ ख ८७४ नम्बरको टिप्परले विपरित दिशाबाट आउदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बलाल गम्भीर घाईते हुनु भएको थियो । उहाँलाई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको थियो । बलालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो ।

प्रहरीले टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा, लिई सवारी दुर्घटनाको विषयमा अनुशन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?