वालिङ–१३ मा चक्कु प्रहारबाट एक युवकको मृत्यु

पाल्पा, स्याङ्जाको वालिङ नगरपालिका–१३ मा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका– ३ घर भई वालिङ–१३ बायांटारी बस्ने २० वर्षीय आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यु भएको हो ।

स्थानीय मुक्ति सारूको घरमा डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका –३ का ३५ वर्षीय निमबहादुर घर्तीमगरले सोही घरमा डेरा गरी बस्ने चौधरीलाई चक्कु प्रहार गरेका थिए । ट्याक्टरमा सँगै काम गर्ने मजदुरहरु बिच गएराती लेनदेनको विषयमा विवाद भएको थियो । विवादका बिच चक्कु प्रहारबाट गम्भीर घाइते भएका चौधरीलाई प्रथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

चक्कु प्रहार गर्ने घर्तीमगर प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?