रामपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम प्रदान

पाल्पा , रामपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुकाे लागि एक दिने अभिमुखीकरण तालिम प्रदान गरेकाे छ ।

रामपुर नगरपालिकाकाे आयाेजनामा कर्मचारी र जनप्रतिनिधिहरुकाे लागि एक दिने तालिम साेमबार सम्पन्न भएकाे हाे । जनप्रतिनिधि र कर्मचारीका लागि बजेट तथा वित्तीय विषय , याेजना तर्जुमा , नागरिकता,मालपोत ,नापी र वन सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हाे । रामपुर नगरपालिकाकाे सभाहलमा भएकाे तालिमकाे सहजीकरण गर्दै काेष तथा लेखा नियन्त्रण कार्यालय तानसेन पाल्पाका प्रमुख शशिन्द्र खातीले स्थानीय सरकारलाई मजबुद बनाउनका लागि राजश्व बृद्धि गर्न आवश्यक रहेकाे बताउनुभयो । उहाँले प्राथमिकताका आधारमा बजेट बाँडफाँड गर्न आग्रह गर्दै हरेक याेजना समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञवालीले नागरिकता सम्बन्धी कानुनी व्यवस्था ,विभिन्न प्रक्रिया ,कामकाजकाे क्रममा आइपर्ने समस्या , यसकाे समाधान लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियाे । यस्तै मालपोत कार्यालय रामपुरका प्रमुख ज्ञान बहादुर सिंजालीले मालपोत कार्यालयलेबाट सहज सेवा प्रदान गर्नका लागि गरेका प्रयास , मालपोत सम्बन्धि कानुनी व्यवस्था लगायतका विषयमा सहजीकरण गर्नुभएको थियोे ।यसैगरी नापी कार्यालय रामपुरका प्रमुख सुस्मा गाैतमले जग्गा नापजाँच ,कित्ताकाटकाे बिषयमा जानकारी गराउनु भएको थियाे । तालिममा इलाका वन कार्यालय रामपुरका प्रमुख सुजन राजभण्डारीले वन सम्बन्धी कानुनी व्यवस्था ,वन दर्ता लगायत वन सम्बन्धी सहजीकरण गर्नु भएको थियाे ।

तालिममा रामपुर नगरपालिकाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , शाखा प्रमुख कर्मचारीहरुकाे सहभागीता रहेकाे थियाे । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन याेजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?