महिलाहरूलाई सिलाई कटाई तालिम प्रदान

पाल्पा, तानसेन नगरपालिकाले वडा नं. ७ का महिलाहरूलाई सिलाई कटाई तालिम प्रदान गरेको छ । महिलाहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले २० जना महिलाहरुलाई १५ दिने सिलाई कटाई तालिम प्रदान गरेको हो ।

गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडपा)अन्तर्गत सिप अभिवृद्धिका लागि सिलाई कटाई तह (२) को तालिम प्रदान गरेको हो । तालिमको शुक्रबार समापन गरिएको हो । तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तालिममा सिकेको सीपलाई ब्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । तालिम पश्चात सबै महिलाहरु व्यावसायीमुखी र आत्मनिर्भर हुनुपर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । सिपले मानिसलाई सफल र आत्मनिर्भर बनाउने बताउनुभयो । उहाँले भन्नुभयो ‘सीप भएका व्यक्ति कहिल्यै भोकै बस्न पर्दैन, श्रम र सिपको सम्मान गर्न सके मानिसको जीवन सहज र सुखी हुनेछ ।’

नगरपालिकाले गरेको लगानीको सदुपयोग गर्न र सफल उधमीको रूपमा आफुलाई स्थापित गराउन सहभागीहरूलाई अनुरोध गर्नुभयो । तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले तालिममा सहभागी महिलालाई आगामी दिनमा उदाहरणीय भई काम गर्न आग्रह गर्नुभयो । सिलाई कटाई व्यवसाय थोरै रकमबाट पनि सञ्चालन गर्न सकिने बताबताउँदै आगामी दिनमा तालिम बिचमै नछोडि लगनशील भई लाग्नुपर्ने कुरामा जोड दिनुभयो । साथै महिलाहरूलाई सिलाई कटाईको सम्बन्धि थप तालिम आवश्यक परेमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गा बहादुर थापाले नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिम प्रदान गरेको बताउनुभयो । नगरपालिकाले लघु उधम विकास कार्यक्रम अन्तर्गत वित्तिय साक्षरता, ब्युटी पार्लर, झिनायाँ बनाउने र सिलाई कटाई जस्ता तालिमहरू प्रदान गरिरहेको बताउनुभयो । तालिममा सहभागीहरूले गरिबी निवारका लागि नमुना काम गरि उदाहरणीय बन्न सुझाव दिनुभयो । तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत प्रसाद आचार्यले नगरपालिकाले महिलाहरूलाई तालिम प्रदान गरि व्यवसायीक कार्यमा लाग्न बाटो निर्देश गरेको बताउनुभयो ।

नगरपालिकाले अघिल्लो बर्ष आधारभुत तालिम प्रदान गरेको र यस बर्ष महिलाहरुको माग अनुसार तह( २ )को तालिम प्रदान गरेको बताउनुभयो । तालिममा सहभागी धनमाया दर्लामीले तह (२) को सिलाई कटाई तालिम लिन पाउँदा खुशी भएको बताउनुभयो । तानसेन वडा नं. ७ का वडा अध्यक्ष प्रदिप खनालको अध्यक्षतामा भएको समापन कार्यक्रम वडा सदस्य मिना परियारको स्वागत बाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?