राम्चे सामुदायिक वनमा भिषण डढेलो

पाल्पा, राम्चे सामुदायिक वनमा यति बेला भिषण डढेलो लागि रहेको छ । शनिबार दिउँसो १२ बजे देखि राम्चे बनको झाँक्री थान भन्दा माथिल्लो भाग बाट सुरु भएको आगोले भिषण रुप लिएको हो ।

गत बुधबार रामपुर ५ को गैरा क्षेत्र बाट सुरु भएको आगो फैलिदै राम्चे वनमा पसेको थियो । दक्षिण तर्फको भाग र माथिल्लो भागमा लागेको आगो विहिबार उपभोक्ता, रामपुर सवडिभिजन वन कार्यालयका कर्मचारी, नेपाली सेना र प्रहरीले नियन्त्रणमा लिएको थियो । तर शुक्रबार सुकेका रुखमा रहेको आगोले खैजनी खोला क्षेत्रमा सल्किए पनि उपभोक्ताले विहानै नियन्त्रणमा लिएको थियो ।

डढेलो बाट बचेको क्षेत्रको वन जोगाउन निरन्तर प्रयास गर्दै आए पनि तीन दिन अघि आगो लागेको स्थान बाट आगो निस्किए पनि डढेलो फैलिएको हो । शनिबार दिउँसो झाँक्री थान भन्दा माथिल्लो क्षेत्र बाट आगो सुरु भएको देख्ने वित्तिकै उपभोक्ता नियन्त्रणका लागि पुगे पनि हावा चलेकाले आगो चरै तर्फ फैलिएको राम्चे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दयाराम गैरेले जानकारी दिनुभयो । बस्ती रहेको राम्चे गाउँ र भ्युटावर तर्फ आगो सल्किन थाले पनि अहिले वनको केही भाग जोगाउन, वन भित्र रहेको सभाहल लगाएतका संरचना र बस्ती बचाउने प्रयास भैरहेको छ ।

खडेरीका कारण सुख्खा रहेको वनको अधिकांश भागमा डढेलो पसिसकेको छ । अहिले रामपुर नगरपालिकाको दमकल सहित सयौंको संख्यामा उपभोक्ता, प्रहरी र वनका कर्मचारीहरु वन क्षेत्रमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?