एमाले रामपुर नगर कमिटी अध्यक्षमा गाहा

पाल्पा, नेकपा एमाले रामपुर नगर कमिटीको अध्यक्षमा लिल बहादुर गाहा निर्विरोध निर्वाचित हुनु भएको छ । सोमबार भएको दोस्रो अधिवेशनले गाहाको अध्यक्षतामा ६७ सदस्य नगर कमिटी गठन गरेको हो ।

नगर कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा विशाल श्रेष्ठ (अशोक), सचिवमा लोकनाथ भट्टराई, उपसचिवमा पदम बहादुर अधिकारी, जानदबी अधिकारी चयन हुनु भएको छ । १० वटा वडा रहेको रामपुर नगरपालिकामा पार्टी संगठित सदस्य र भुगोलको आधारमा नगर सदस्य चयन गरिएको छ । न्यू होटल श्रीनगरको सभाहलमा भएको दोस्रो अधिवेशन नेकपा एकाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीको अध्यक्षतामा र नेकपा एमालेका केन्द्रिय पोलिटव्युरो सदस्य दलबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथी रानाले एमाले नागरिकको सेवामा समर्पित र सधैं विकासको पक्षमा रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय पोलिटव्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज बैजनाथ चौधरीले पार्टीको सिद्धान्त र यसको गठन प्रकियाका बारेमा जानकारी गराउनुभएको थियो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कंडेलले प्रदेशमा संगठनको अवस्था, पार्टी कमिटि गठन तथा सिद्धान्तका बारेमा प्रष्ट पार्नुभएको थियो ।

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष धनेन्द्रराज घिमिरेले शुभकामना दिनुभएको थियो । नगरकमिटी उपसचिव ईश्वरीदेवी खनालको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको थियो । अनिवेशन बाट निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन संयोजक अनन्त सिलवालले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?