रामपुर बाट ४३ वटा गोरु सहित दुई वटा ट्रक नियन्त्रणमा

पाल्पा, प्रहरीले पाल्पाको रामपुर बाट ४३ वटा गोरु सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका वडा नं. २ भलायटार बाट गोरु सहितको ट्रक नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालय रुपन्देही पठाएको हो ।

मंगलबार ना ६ ख ५८० नम्बरको ट्रक सहितको २२ वटा गोरु र ना ६ ख ४७५८ नम्बरको ट्रक सहित २१ वटा गोरु फेला पारी आवश्यक कार्वाहीको लागि भैरहवा भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय पाल्पाको बाटो भएर अवैध रुपमा गोरु ओसारपसार गर्दै गरेको पाईएको छ । गत फागुनमा प्रहरीले जिल्लाको तिनाउ- ३ बाट बेलबास–दोभान कच्चि सडक खण्ड हुँदै सिद्धार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रक र १८ वटा गोरु सहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?