पाल्पा, कालीगण्डकी नदी किनार रामपुर नगरपालिका–८, भुजातमा एक युवकको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडी बस्ने ३० वर्षिय दुर्गा बहादुर थापा (सफल) को शव विहिबार नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
माछा मार्न गएका माझीहरुले अपरान्ह नदी किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । लगतै इलाका प्रहरी कार्यालय रामपुरको टोली शव भेटिएको स्थानमा पुगेका थिए । अन्य प्रहरी कार्यालय संग सम्पर्क गर्ने क्रममा चापाकोट बाट गत आइतबार देखि थापा सम्पर्क विहिन भएको जानकारी आएको थियो । थापाको आफन्तले शवको पहिचान गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।
थापाको शव पोष्टमार्टमका लागि रामपुर अस्पताल ल्याईएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।