कांग्रेसलाई सिध्याउँछु भन्नेहरु आफै सकिएर जानेछन् : सभापति श्रेष्ठ

पाल्पा, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेसलाई सिध्याउँछु भन्नेहरु आफै सकिएर जाने बताउनु भएको छ । नेपाली कांग्रेस प्रशिक्षण शाखा, पाल्पाले निस्दीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले केही दलहरु पुरानालाई सिध्याउँछु भनेर लागि पनि कांग्रेस कहिल्यै नसकिने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस चन्द्र सुर्य रहुन्जेल सम्म रहने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘पुराना दललाई सिध्याउँछु भनेर केही दलहरु लागेका छन् । कांग्रेसलाई सिद्धयाउँछु भनेर लाग्नेहरु आफै सकिएर जानेछन् ।’ मित्यालमा भएको प्रशिक्षणमा श्रेष्ठले अबको राजनीति नतिजा केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । अधिवेशन र चुनाव केन्द्रित राजनीतिको अन्त्य गरी कार्यकर्तालाई अघि बढ्न आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘एउटा अधिवेशन बाट अर्को अधिवेशन, एउटा चुनाव बाट अर्को चुनाव केन्द्रित राजनीतिले मात्र पार्टी चल्दैन । अब नतिजा केन्द्रित भएर लाग्नु आवश्यक छ ।’ श्रेष्ठले जनमतको आधारमा टिकट दिने व्यवस्था हुनुपर्ने समेत बताउनुभयो ।

श्रेष्ठले जनताको अाशा, भरोसा र विश्वासलाई केन्द्रमा राखेर अघि बढ्न कार्यकर्ताहरुलाई अाग्रह गर्नुभयो । उहाँले कांग्रेसका कार्यकर्ता भैसकेपछि अात्तिने, पात्तिने र मात्तिने छुट कसैलाई नरहेको बताउनुभयो । निस्दीमा कांग्रेसको जनमत हुँदाहुँदै पनि केही प्राविधिक कारणले कांग्रेसले हार्नु परेको बताउनुभयो । ‘निष्पक्ष निर्वाचन हुन्छ भने निस्दीमा कांग्रेसले निर्वाचन जित्ने आधार अझै पनि छ । त्यसैले आशाको किरण जगाएर अघि बढ्नु अावश्यक छ ।’ उहाँले भन्नुभयो । उहाँले युवाहरुलाई आयअार्जन संग जोडिएर अघि बढ्न समेत अाग्रह गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की र कांग्रेस पाल्पा क्षेत्र नं. २ प्रदेश ख का सचिव शंकर भण्डारीले पार्टीको वर्तमान अवस्था, केन्द्रले लिएको रणनीति, समसामयिक विषय संगै संगठन विस्तार र सुढृद कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । कांग्रेस पाल्पाका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख झपेन्द्र गहिरेले पार्टी जनताको भावना अनुसार नयाँ शिरा बाट अघि बढेको बताउँदै ताउनुभयो । प्रशिक्षण विभागले जिल्लामा रामपुर पश्चात निस्दीमा प्रशिक्षण कार्यक्रम भएको र अन्य पालिकामा सञ्चालन गरिने बताउनुभयो ।

प्रशिक्षण विभाग प्रमुख गहिरेको अध्यक्षतामा भएको कार्यक्रम महाधिवेशन प्रतिनिधि पूर्ण कुमार सोतीको स्वागत र महाधिवेशन प्रतिनिधि एवं प्रशिक्षण विभाग सदस्य शालिकराम पाण्डेले गर्नु भएको हो । कांग्रेस लुम्बिनी प्रदेशका सदस्य, जिल्ला, क्षेत्र, प्रदेश र पालिका तहका नेतृत्वको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा निस्दी गाउँपालिकाको ७ वटै वडाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?