निस्दी–४, मा जिप दुर्घटना

पाल्पा, पाल्पाको निस्दी गाउँपालिका–४, मा बुधबार अपरान्ह जिप दुर्घटना भएको छ । नवलपुरको अरुणखोला बाट पाल्पाको निस्दी–३, खादर तर्फ आउँदै गरेको डबल क्याप पिक अप जिप मित्यालको लामेदमारमा दुर्घटना भएको हो ।

मित्याल अरुणखोला सडक खण्ड अन्तर्गत भित्री सडक खण्डको मतियारडाँडामा लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सहित १४ जना सवार रहेकोमा सबै घाईतेहरुलाई उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घाईते मध्ये शिशु सहित दुई जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?