पाल्पा, संगम टोल विकास संस्था रामपुर नगरपालिका वडा नं. ४ पाल्पाले टोल सरसफाई कार्यक्रम गरेको छ । १७ अौं गणतन्त्र दिवसको अवसरमा मंगलबार सरसफाई गरेको हो ।
कार्यक्रममा रामपुर ४ का वडा अध्यक्ष रामबहादुर रानाले टोलवासीलाई कुचो, हँसिया, बेल्चा वितरण गरेर कार्यक्रम शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बोल्दै रानाले आफ्नो टोललाई सफा राख्नको लागि चालेको कदमको प्रशंसा गर्नुभयो । टोल विकास संस्थाको क्षेत्रमा दीर्घकालिन समस्याको समाधान गर्ने, नयाँ खोज र अनुसन्धान ल्याउने खालका कार्यक्रममा वडाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वडाध्यक्ष रानाले आफ्नो घर, गाउँ र टोल सफा रह्यो भने सिंगो समाज नै सफा रहने हुदा यस्ता खालका कार्यक्रम बेला–बेलामा गरिरहनुपर्ने बताउनुभयो ।
टोल विकास संस्थाका अध्यक्ष हर्षबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रम टोल विकास संस्थाका सदस्य इन्द्रबहादुर घर्तीको स्वागत बाट सुरु भएको थियो । कार्षक्रमको सञ्चालन सचिव विष्णु सेन ठकुरीको सञ्चालनमा कार्यक्रम भएको हो ।