रुख बाट लडेर एक महिलाको मृत्यु

पाल्पा, स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ७ मा रुख बाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट-७ साँखर बस्ने ३५ वर्षीय सृजना ढकाल रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ७ बजे आफ्नै बारीमा रहेको पिपलको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर ढकाल लडेर घाइते हुनु भएको थियो । लडेर घाइते हुनुभएका ढकाललाई उपचारको लागि रामपुर अस्पताल ल्याईएको थियो । उपचारको क्रममा चिकित्सकले बिहान साढे ९ बजे उहाँलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीलेे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?