भुजातमा फोर्स गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक घाईते


पाल्पा, रामपुर नगरपालिका–८ मा फोर्स गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत भुजातमा मोटरसाईकललाई ठक्कर दिँदा रामपुर नगरपालिका–८ झेरुछाप बस्ने ६३ वर्षिय खेम बहादुर सारु मगर घाईते हुनु भएको प्रहरीले जनाएको छ ।

झेरुछाप बाट रामपुर बेझाँड तर्फ आउँदै गरेको ना १३ प ८९२९ नम्बरको मोटरसाईकललाई रामपुर बाट बुटवल तर्फ गैरहेको ग २ ख १७३७ नम्बरको फोर्स गाडीले विहिबार विहान ठक्कर दिएको थियो । घाईते हुनु भएका सारुलाई रामपुर अस्पताल पठाईएको थियो । उहाँलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

ठक्कर दिने गाडी, चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?