सर्देवामा करेन्ट लागेर एक मजदुरको मृत्यु

पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सर्देवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–७, अर्घाखाँचीका ३१ वर्षीय बाबुराम घर्तीको मृत्यु भएको हो ।

जयदुर्गे कन्ट्रक्सन अर्घाखाँची विद्युतमा काम गर्ने घर्र्तीको विहिबार विहान विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार फलामको पोलमा चढेर काठको पोल बाट फलामको पोलमा तार तान्ने क्रममा करेन्ट लागेको बताईएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?