असार २५
पाल्पा, पाल्पाको माथागढी गाउँपालिका–५, झुम्सा खोलामा एक महिला मृत अवस्थामा फेला परेको छ । माथागढी–५, गणबासकी २८ वर्षीया खुमीसरा बाह्रघरे झुम्सा खोलामा मृत अवस्थामा भेटिएको हो ।
घरनजिकै रहेको खोलामा बाह्रघरे सोमबार राति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।