असोज २६
पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३ दोभानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार साँझ बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटर सोही दिशा तर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने ट्रकको ठक्कर बाट स्कुटर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका –४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडी सवार अधिकारीको बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते हुनु भएका दुवै जनालाई प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएकोमा डाक्टरले स्कुटर चालक विवेकलाई मृत घोषणा गरेका थिए । घाइते रश्मीको लुम्बिनी प्रादेशिक अस्पताल बुवलमा मा उपचार भइरहेको छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।