अन्धकारमुक्ति साकोसको समिक्षा तथा बजेट तथा कार्यक्रम माथि छलफल सम्पन्न

साउन २१ ।
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर, पाल्पाको वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रम माथि छलफल भएको छ । संस्थाले आइतबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा संगै चालु आर्थिक वर्ष २०८१/०८२ को अनुमानित बजेट, लक्ष्य तथा कार्ययोजना माथि छलफल गरेको हो ।

संस्थाको मूख्य कार्यालयको सभाहलमा भएको कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकाटाको अध्यक्षतामा भएको हो । कार्यक्रममा संस्थाको रामटार सेवाकेन्द्रको तर्फबाट रामटार सेवाकेन्द्र प्रमुख सरोज आचार्य, ताहुँ सेवाकेन्द्रको तर्फबाट ताहुँ सेवाकेन्द्र प्रमुख चोलेश्वर चाँपागाई, जब्गादी सेवाकेन्द्रको तर्फबाट जव्गादी सेवाकेन्द्र प्रमुख प्रसान्त श्र्रेष्ठ, रामपुर एम.एफ. तर्फबाट सेवाकेन्द्र प्रमुख केशबराज पंगेनी, रामपुर नियमित तर्फबाट सेवाकेन्द्र प्रमुख शर्मिला वास्तोला, सहयोगी सेवाकेन्द्र तर्फबाट सेवाकेन्द्र प्रमुख नारायण ढकाल, केन्द्रीय कार्यालयबाट लेखासहायक तेज प्रसाद श्र्रेष्ठ, ऋण विभागको तर्फबाट ऋण विभाग प्रमुख रामचन्द्र ढुङ्गानाले प्रस्तुतिकरण राख्नु भएको थियो । संस्थाको चालु आ.व.०८१/०८२ मा संचालन हुने कार्ययोजना र बजेट माथि सहायक व्यवस्थापक प्रविन न्यौपानेले प्रस्तुतिकरण राख्नु भएको थियो । साथै कार्यक्रममा संस्थाले लिएका लक्ष्यहरुलाई प्राप्ति गर्नकालागि अपनाउनु पर्ने नितिगत व्यवस्था र रणनीति बारे व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले प्रकाश पर्नु भएको थियो ।

कार्यक्रममा प्रस्तुत भएका प्रतिवेदनहरु उपर सहभागिहरुले जिज्ञासा, राय, सल्लाह सुझाब राख्नु भएको थियो भने सल्लाहकारको तर्फबाट संस्थापक अध्यक्ष मोहन भट्टराई, लेखा सुपरीवेक्षण समितिको तर्फबाट लेखा सुपरीवेक्षण समिति सदस्य रामप्रसाद ढकाल रमेशले आ–आफ्नो भनाई राख्नु भएको थियो । संस्थाले हाल ५ वटा सेवाकेन्द्र मार्फत सदस्यलाई सेवा उपलब्ध गराईरहेको छ । हाल संस्थामा ११,०१४ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले ए अर्ब ५७ लाख बराबरको पूँजि परिचालन गरिरहेको छ । कार्यक्रमले प्रगति प्रतिवेदन चालु आ. व. को अुमानित बजेट, लक्ष्य तथा कार्ययोजनालाई संंशोधन सहति पारित गरेको छ । कार्यक्रममा संचालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति, सल्लाहकार र कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागतबाट संचालन भएको कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?