साउन २२ ।
पाल्पा, सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था शाखा कार्यालय रामपुर पाल्पाले मृत्यु भएका सदस्यको कर्जा मिन्हा गरेको छ । रामपुर नगरपालिका–६ बिजयपुर (गैटार) बस्ने संस्थाका सदस्य हरिकाला श्रेष्ठको परिवारलाई काजक्रिया खर्च प्रदान संगै कर्जा मिन्हा गरेको हो ।
हरिकलाको केही समय अघि अल्पायु मै निधन भएको थियो । संस्थाले एक कार्यक्रम मार्फत समवेदना ज्ञापन गर्दै काजक्रिया खर्च हस्तान्तरण संगै कर्जा मिन्हा गरेको हो । रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, रामपुर ६ का वडा सदस्य हरिनाथ ढुंगाना, संस्थाको रामपुर शाखा प्रमुख दिपक खत्री, कर्मचारी मन्दिरा परियार,निर्मल बहादुर बुढा, समाजसेवी तथा संस्थामा आवद्ध सदस्यहरुको उपस्थितिमा परिवारलाई क्रियाखर्च प्रदान गरिएको थियो । संस्थाको सदस्य सुबिधा नियमावली तथा सामाजिक उत्तरदायीत्व अन्तर्गत स्वर्गिय हरिकालाको परिवारलाई चेक मार्फत २५ हजार क्रिया खर्च र २ लाख रुपैया कर्जा वडा अध्यक्ष दिवाकर देवकोटा मार्फत चेक हस्तान्तरण गरिएको थियो ।
चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष देवाकोटाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको कार्य प्रशंसनिय रहेको बताउनुभयो । उहाँले अप्ठ्यारो परेको समयमा सहयोग गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । संस्थाको प्रगतिको कामना गर्दै उहाँले नीति नियममा रहेर अघि बढ्न अनुरोध गर्नुभयो । रामपुर शाखा प्रमुख दिपक खत्रीले स्वर्गीय श्रेष्ठको आत्मा शान्तिको कामना गर्दै लघुबित्त कर्जा तथा बचतको कारोबारमा मात्र नभै सदस्यको सुख, दुःखमा समेत साथमा रहेको बताउनुभयो । उहाँले संस्थामा आवद्ध सदस्यमा आर्थिक अवस्था कमजोर भै बिचमै अध्ययन छाड्नु पर्ने अवस्था आएमा सिवाइसी छात्रवृत्ति योजना पनि सञ्चालन गरेको, वार्षिक ११ प्रतिशत ब्याजदर सहित सिवाइसी समृद्धि बचत योजना सञ्चालनमा रहेको, संस्थामा आबद्ध सदस्य जीवन तथा दुर्घटना बिमा, बाल बचत, समाज मा सिवाइसी जस्ता सस्थाको सेवा बारे समेत जानकारी दिनुभयो ।