रामपुरमा राष्ट्रिय जनमोर्चाको विरोध कार्यक्रम सम्पन्न

साउन २५ ।
पाल्पा, राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी पाल्पाले रामपुरमा विरोध कार्यक्रम गरेको छ । संघियता खारेज, भ्रष्टाचार अन्त्य, महंगी नियन्त्रणको माग गर्दै शुक्रबार बेझाँड बजार चोकमा विरोध कार्यक्रम गरेको हो ।

जनमोर्चाको तीन महिने अभियान अन्तर्गत भएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोम कार्कीले मुलुकको ठूला भनिएका दलहरुले जनतालाई निराशा बाट मुक्त गर्न नसकेको बताउनुभयो । उहाँले मुलुकको समसायिक घटनाक्रम बारे बोल्दै सरकारले रोजगारी सृजना गर्न नसक्दा युवाहरु विदेश पलायन हुन बाध्य भएको बताउनुभयो । राष्ट्र र राष्ट्रियताको लागि जनमोर्चा सदा लागि रहने बताउनुभयो । राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी मुलुकमा जुन उद्देश्यका साथ बहुदलीय व्यवस्था ल्याईयो सो अनुसार मुलुक अघि बढ्न नसकेको भन्दै वैचारिक छलफल आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य नरमता सिंजाली, जिल्ला अध्यष उमा सिंजालीले पनि आफ्नो धारणा राख्नु भएको थियो । राष्ट्रिय जनमोर्चा पाल्पाका उपाध्यक्ष मान बहादुर बयम्बुको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगर कमिटी उपाध्यक्ष राम बहादुर आलेको स्वागत र जिल्ला कमिटी सदस्य राम प्रसाद गैरेको सञ्चालनमा भएको हो । कार्यक्रम बेझाँड बजार चोकमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?