तानसेन बाट फरार प्रतिवादी पक्राउ

साउन ३०
पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालत बाट कैद सजाय फैसला भई फरार रहेका तानसेन नगरपालिका ३ का ४४ वर्षीय अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको हो ।

२०८० जेठ ०६ गते पाल्पा जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय फैसला भई फरार रहेका प्रतिवादी थापालाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिई गएको प्रहरी टोलीले मंगलबार आफ्नै घरबाट पक्राउ गरेको प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो । उनलाई अदालतमा कैद भुक्तानीको लागि पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?