लुम्बिनी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

भदौ २०
पाल्पा, हरितालिका तिजको अवसरमा लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विदा दिईएको जानकारी गराएको हो ।

मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थी ‘द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,– ‘लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/१२/२० गतेको निणर्यानुसार मिति २०८१/०५/२१ गते शुक्रबारका दिन हरितालिका (तिज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?