नेशनल लाईफ रामपुर शाखाद्वारा एकै दिन तीन जनालाई अवधि भुक्तानी


भदौ ३१ ।
पाल्पा, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले एकै दिन तीन जनालाई अवधि भुक्तानी ( म्याच्युरिटी क्लेम) दिएको छ । बीमा अवधी पुरा भएका वीमितलाई बोनस सहित वीमाङ्क रकम एकमुष्ट भुक्तानी दिएको हो ।

१६ वर्षे जीवन अमृत वीमा लेख खरिद गर्नु भएका रामपुर नगरपालिका ५ बस्ने सुर्य प्रसाद श्रेष्ठ, पवित्रा देवी गैरे र राममायाँ श्रेष्ठलाई सोमबार अवधी भुक्तानी दिएको हो । उहाँहरुले १६ वर्ष अघि एक/एक लाख वीमाङ्कको वीमालेख खरिद गर्नु भएको थियो ।

कम्पनीले सुर्य प्रसाद श्रेष्ठलाई एक लाख ९४ हजार ७७२, पवित्रा देवी गैरेलाई एक लाख ९४ हजार ९२० र राममायाँ श्रेष्ठलाई एक लाख ९४ हजार ४५४ रुपैयाँ आर्जित बोनस सहित वीमाङ्क प्रदान गरेको रामपुर शाखाका प्रमुख वीर बहादुर दर्लामीले बताउनुभयो । शाखा प्रमुख दर्लामी, कार्यालय सहायक सञ्जय घर्ती, विजनेश म्यानेजर रामकुमार श्रेष्ठ र कार्यालय सहायोगी मञ्जु चिदी गाहाको उपस्थितिमा रकम भुक्तानी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?