जापानी नागरिक ओकेबाजेलाई कार्तिक ३ गते अभिनन्दन गर्दै

 

पाल्पा ,पूर्वी पाल्पामा विगत ३ दशक यता देखि समाजिक सेवा गर्दै आउनु भएका जापानी नागरिक काजुमासा काकिमि ओके बाजेलाई अभिनन्दन गर्ने भएको छ ।समाजसेवी काकिमीलाई यस क्षेत्रका विभिन्न विद्यालय तथा संघ संस्थाले सामूहिक रुपमा अभिनन्दन गर्ने भएको हो ।

समाजसेवि काजुमासा काकीमिलाई आगामी कार्तिक ३गते रामपुर ७ किसानबारी पाल्पामा एक समारोहका विच अभिनन्दन गर्ने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । ओकेबाजेको प्रतिमा स्थापना गरि साँस्कृतिक कार्यक्रम सहित अभिनन्दन गरिने ओकेबाजे अभिनन्दन सचिवालय समितिका संयोजक भिम विश्व भट्टराईले जानकारी दिनुभयो । समाजसेवी काकिमीकाे नाममा निर्माण भएको पार्कमा प्रतिमा राखिने र साँस्कृतिक झाँकी सहित भव्यताका साथ अभिनन्दन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

ओके बाजे पार्ककाे मर्मत सम्भार भईरहेकाे र विभिन्न साँस्कृतिक कार्यक्रम ,झाँकी र्याली सहित नगर परिक्रमा गरि अभिनन्दन गरिने सचिवालय सदस्य सुन्दर रानाले बताउनुभयो । कालीगण्डकी आँखा उपचार केन्द्रकाे भवनमा भएको पत्रकार सम्मेलनमा जापानी नागरिक काजुमासा काकिमीले आफुले पुर्‍याएकाे याेगदानकाे सम्मान गर्दै अभिनन्दन गर्न लागेकाेमा खुशी व्यक्त गर्नुभयो ।

अभिनन्दन कार्यक्रमका सचिवालय समितिका संयोजक भिमविश्व भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन सदस्य कृष्ण पौडेलले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?