दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा उद्यमी अन्तरक्रिया

मंसिर ९ ।
पाल्पा, दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा उद्यमी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा आइतबार अन्तरक्रिया भएको हो ।

“उद्यमशीलको संस्कृति,राष्ट्रको समृद्धि“ भन्ने नाराका साथ होटल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय तानसेनका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षता र लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दैै प्रमुख अतिथी श्रेष्ठले देशको विकासमा उद्योग तथा व्यावसायीक क्षेत्रको महत्वपूण भुमिका रहेको बताउँदै सरकार उद्योग तथा व्यावसायलाई कसरी प्रवद्र्धन  गर्न सकिन्छ भन्नेमा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि प्रदेशले औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन ल्याएको बताउनुभयो ।

उद्योगी, व्यवसायी तथा सरोकारवाला संग गहन छलफल पश्चात् ऐन ल्याएको जानकारी दिदै ऐनले नव प्रवर्द्धनको लागि जोड दिएको,  नविकरण तथा खारेजीको लागि विशेष व्यवस्था गरिएको र स्थानीय तहलाई अधिकार धेरै प्रदान गरेको बताउनुभयो । ऐन प्रमाणित भएर कार्यान्वयनको चरणमा रहेको बताउँदै  नाम परिवर्तनको क्रममा देखिएको समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले राज्यको कर नीति र अनुगमनको नीति परिवर्तन गर्नु पर्ने बताउनुभयो । उहाँले उद्योगी तथा व्यवसायीको हकहितको लागि संघ निरन्तर रुपमा लाग्दै आएको बताउनुभयो । संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले उद्योग आफ्नो लागि देश र जनताको लागि महत्वपूर्ण अंग रहेको बताउनुभयो । उद्योग स्थापना हुन सके मात्र रोजगारी सृजना हुने बताउँदै आफ्नो काम र व्यवसायलाई निरन्तरता दिन सक्यौ भने सफलता प्राप्त गर्न सकिने स्पष्ट पार्नुभयो ।

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेश बहादुर कार्कीले उद्योगी तथा व्यवसायीहरुलाइ शान्ति सुरक्षा प्रदान गर्नका लागि प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै उद्योगी र व्यवसायीहरुलाई आफ्नो फर्ममा कार्यरत मजदुरहरुको अनिवार्य व्यक्तिगत वितरण राख्नु आवश्यक रहेको बताउनुभयो । उद्योगी सागर प्रसाद देवकोटाले कोभिड र आर्थिक मन्दीका कारण उद्योगीहरुमा परेको समस्याको विषयमा विश्लेषण गर्नु आवश्यक रहेको बताउनुभयो ।

व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र करमा छुट्टा छुट्टै राजस्व तिर्नु पर्ने व्यवस्थाले उद्योगी तथा व्यवसायीहरु दोहोरो करको मारमा परेको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले राज्य निर्माणको मुख्य आधार उद्योगी र व्यवसायी भएको बताउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा व्यवसायी विनोद श्रेष्ठले, उद्योगी रामचन्द्र ढुङ्गाना, व्यवसायी नारायण भट्टराई, गणेश बहादुर क्षेत्री लगाएतले राज्यले अनुगमनको पक्षलाई सशक्त बनाउनु पर्ने, फर्मको नाम परिवर्तन गर्दा लाग्ने शुल्क घटाउनु पर्नेे सुझाव राखेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्याम कुमार पौडेलले यस वर्ष बजेट कटौटी हुँदा उद्योग विकासका कार्यक्रम सञ्चालन गर्न समस्या भएको बताउनुभयो । पछिल्लो समय जिल्लामा उद्योग दर्ता भन्दा धेरै खारेज गर्नेको संख्या बढेको बताउनुभयो । पौडेलले घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्ने सेवा र उद्योग दर्ताको प्रक्रियाको बारेमा समेत जानकारी गराउनु भएको थियो । कार्यक्रम रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको स्वागत र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेको सञ्चालनमा भएको थियो । पाल्पामा हाल ३ हजार ७५६ उद्योग र ४ हजार २८५ वाणिज्य फर्म सञ्चालनमा रहेका छन् । नेपाल सरकारको २०७१ चैत्र २० गतेको निर्णय अनुसार नेपालमा २०७२ साल मंसिर ९ गते देखि हरेक वर्ष मंसिर ९ लाई राष्ट्रिय उद्योग दिवसको रुपमा मनाईदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?