रामपुर अस्पतालमा अनुगमन मूल्याङ्कन समिक्षा कार्यक्रम सम्पन्न


मंसिर १४ ।
पाल्पा, रामपुर अस्पतालमा अनुगमन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन तथा समिक्षा कार्यक्रम भएको हो ।

रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अमिर काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभाका अर्थ उद्योग तथा पर्यटन विकास समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले  हिजो भन्दा आज रामपुर अस्पताल क्रमिक रुपमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले अस्पताल विकास समितिको विषयमा छिट्टै निर्णय हुने बताउनुभयो । उहाँले अस्पताललाई ट्रमा सेन्टरको रुपमा अगाडी बढाउनु पर्नेमा पहल गर्दै आएको बताउनुभयो ।

अस्पतालको विकासका लागी आफ्नो तर्फ बाट लागिरहेको बताउनुभयो । रामपुर नगरपालिका प्रमुख  रमण बहादुर थापाले अस्पतालको सेवा थप राम्रो हुदै गएको बताउनुभयो ।  उहाँले चिकित्सकहरुलाई पेसा प्रति प्रतिवद्ध भएर सेवा गर्न आग्रह गर्नुभयो । उहाँले रामपुर अस्पतालको विकासको लागि नगरपालिकाले आवश्यक साथ दिन सदा तप्पर रहेको बताउनुभयो । नगरको स्रोत र साधनले भ्याए सम्म आवश्यक साथ र सहयोग गर्दै आएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका उपमहान्त्री कमल राज भट्टराईले रेडक्रसले पाल्पामा ब्लड बैंक सञ्चालनकाे तयारी गरिरहेको बताउनुभयो ।नेपाल पत्रकार महासंघ पाल्पा शाखाका जिल्ला सदस्य दुर्गश मल्लले अस्पताल विकास समिति गठनमा ढिलाई गर्न नहुने बताउनुभयो । अस्पतालको सेवा सुधारका लागि समयसमयमा सार्वजनिक सुनुवाई हुनुपर्ने बताउनुभयो । कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अमिर काफ्ले सहभागीलाई स्वागत गर्दै अस्पतालको बारेमा जानकारी गराउनु भएको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका डाक्टर अच्युत न्याैपानेले अस्पतालको सेवा , सुधार गर्नुपर्ने महत्वपूर्ण कुरा, विभिन्न सुचाङ्क , प्रगति विवरण सम्बन्धी जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन नर्सिङ्ग प्रमुख ममता रेग्मीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?