टोल विकास संस्थाहरु द्वारा आर्थिक सहयोग प्रदान

मंसिर २७ ।
पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ का टोल विकास संस्थाहरुले आर्थिक सहयोग प्रदान गरेको छ । रामपुर नगरपालिका वडा ४,बरडाँडा निवासी गुलाम अलि मियाँलाई वडाका १२ वटै टोल विकास संस्थाहरुले रकम संकलन गरी ७५ हजार ६०७ रुपियाँ सहयोग गरेको हो ।

संकलन भएको रकम टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा उहाँलाई वडा कार्यालय मार्फत हस्तान्तरण गरिएको हो । भारतको गोरखपुरमा केही महिना अघि रेल बाट खसेर घाईते हुनु भएका उहाँ गोरखपुरको एक अस्पतालमा घाईते अवस्था अलपत्र भेटिएको सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त भए पछि विभिन्न व्यक्तिहरुको पहलमा रामपुर ल्याएर उपचार गरिएको थियो । रामपुर अस्पतालमा निशुल्क उपचार पश्चात अहिले सुधार भएपछि उहाँ अहिले आफ्नो दाजुको परिवार संग बस्दै आउनु भएको छ  । रोजगारीको लागि भारत जानु भएका उहाँ लामो समय देखि परिवार संग सम्पर्क विहिन हुनुहुन्थ्यो ।

वडाले उपचार संगै उहाँकोजीवन यापनमा सहजताका लागि टोल विकास संस्था मार्फत सहयोग संकलन गरेको थियो । संकलन भएको रकम उहाँलाई हस्तान्तरण गरिएको रामपुर नगरपालिकाका ४ का वडा अध्यक्ष राम बहादुर रानाले जानकारी दिनुभयो । गोरखपुरको अस्पतालमा अपलत्र अवस्थामा भेटिए पछि उहाँलाई रामपुर सम्म ल्याउनका लागि दिल्लीका वरिष्ठ पत्रकार अजय प्रकाश, पाल्पा घर भई दिल्लीमा पत्रकारिता तथा समाजसेवामा सक्रिय बिष्णु शर्मा र तानसेनका मदन राज गैरे लगाएतको सक्रियतामा रामपुर ल्याईएको थियो । वडा अध्यक्ष रानाले उहाँलाई रामपुर सम्म ल्यान सहयोग गर्ने व्यक्तित्व, उपचारमा खटिनु भएका रामपुर अस्पतालका एमडीजिपी डाक्टर सुनिल दास लगायतको टिम तथा वडाबासीमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

अलिलाई रामपुर नगरपालिकाले पनि २० हजार रुपैयाँ रकम सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?