माघ ५ ।
पाल्पा, स्याङ्जाको आधिँखोला गाउँपालिका –५,मा शुक्रबार राति टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कुश्मा नगरपालिका १४ पर्वत बस्ने ३७ वर्षीय चन्द्र बहादुर नेपाली रहेका छन् ।
स्याङजाको आँधिखोला गाउँपालिका वडा नं.–०५ कृषि स्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहिया तर्फ जाँदै गरेको ग. १ क. ५१३९ नम्बरको आराम्भ निर्माण सेवाको टिप्पर शुक्रबार साँझ दुर्घटना भएको थियो । दुर्घटना गम्भीर घाईते हुनु भएका नेपालीको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइते हुनेहरुमा सल्यान सारदा नगरपालिका ७ बस्ने १५ वर्षीय हरि परियार, स्याङ्जा आधिँखोला गाउँपालिका २ ओहिया बस्ने ३३ वर्षीय कमल नेपाल, चितवन राप्ती नगरपालिका ६ भण्डारा बस्ने ४१ वर्षीय प्रकाश विक र सोही ठाउँ भएका ४१ वर्षीय सुमित्रा विक रहेका छन् । घाइते सबैको पश्चिम क्षेत्रिय अस्पताल पोखरामा उपचार भैरहेको छ । टिप्पर सडक देखि अन्दाजी ५० मिटर तल खसेको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।