कृषि तथा पशुपंक्षि प्रदर्शनीमा उत्कृष्ट कृषकलाई सम्मान सहित पुरस्कार वितरण


माघ २७ ।
पाल्पा, चौथो रामपुर रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा भएको कृषि तथा पशुपंक्षि प्रदर्शनी उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको छ । गत माघ १५ देखि सञ्चालनमा रहेको मेलाको प्रदर्शनीमा राखिएका कृषि उपज र सञ्चालनमा रहेका पशुपंक्षि फर्मको मुल्यांकन गरी शनिबार कृषकलाई पुरस्कार वितरण गरिएको हो ।

साथै मेलाको अवसरमा रामपुर नगरपालिका भित्र व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्दै आउनु भएका कृषकहरुलाई पुरस्कृत समेत गरिएको छ । मेलामा कृषि तथा पशुपंक्षिपालक कृषकलाई प्रोत्साहन गर्दै प्रदर्शनी आयोजना गरिएको थियो । शनिबार रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ, रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, नगरपालिका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे, कृषि, पशुपंक्षि तथा स्थानीय उत्पादन प्रवद्र्धन उपसमितिका संयोजक सुर्यप्रसाद रेग्मीले कृषकहरुलाई सम्मान सहित पुरस्कार प्रदान गर्नु भएको हो ।

प्रदर्शनीमा पशुपालनतर्फ गाईभैसी पालनमा प्रथम भैंसी पालक कृषक रामपुर ६ का मिना अर्याल, द्वितिय रामपुर ५ का कृषक दिपक ढकाल, तृतीय रामपुर ७ स्थित नारायण प्रसाद भट्टराई हुनु भएको छ । बंगुरपालनमा रामपुर नगरपालिका १० का नमनाथ कुमाल प्रथम, रामपुर नगरपालिका ४ का गोविन्द बहादुर कामी द्वितिय र रामपुर नगरपालिका ७ का अनिता हमाल तृतीय हुनु भएको छ ।

बाख्रापालन तर्फ रामपुर ५ का नारायण प्रसाद भण्डारी प्रथम, रामपुर नगरपालिका ४ का तुल बहादुर मल्ल द्वितिय, रामपुर नगरपालिका ४ का लिला बहादुर श्रेष्ठ तृतीय र रामपुर नगरपालिका ७ का मुकुन्दराज पोखरेल सान्त्वना हुनु भएको छ । पंक्षिपालन तर्फ रामपुर ७ का तुल बहादुर थापा उत्कृष्ट हुनु भएको छ । प्रतियोगीतामा प्रथम, दित्तिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद तीन हजार एक सय, २ हजार एक सय, १ हजार ५ सय र एक हजार नगद प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट हुन सफल कृषकलाई दुई हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

कृषि तर्फ फलफूल तथा नर्सरी विद्यामा रामपुर ४ का दिल बहादुर थापा उत्कृष्ट हुनु भएको छ । तरकारी बाली वाली तर्फ निस्दी २ का यम बहादुर मश्राङ्गीले उत्पादन गर्नु भएको गोलभेँडा प्रथम, रामपुर ६ का शिव बस्यालले उत्पादन गर्नु भएको मुला द्वितीय, रामपुर ५ का दासीकुमारी सुनारीले उत्पादन गरेको कृषि उपज तृतीय र रामपुर ७ का गिता भट्टराई, रामपुर ६ का चित्रा देवकोटा, रामपुर ६ का सावित्रा पंगेनी, रामपुर ६ का सुन्दर प्रसाद देवकोटाले उत्पादन गर्नु भएको उपज सान्त्वना भएको छ ।

मसला बाली तर्फ प्रथम रामपुर ४ जिता देवी नेपालीले उत्पादन गरेको बेसार, द्वितीय रामपुर ६ का मणिराम अधिकारीले उत्पादन गरेको धनियाँ र तृतिय रामपुर ६ गंगा बस्याल उत्पादन गर्नु भएको सोँफ भएको छ । गानो तथा आलुबालीमा प्रथम रामपुर ६ का दिल्ली मायाँ पोखरेलले ल्याउनु भएको तरुल, द्वितीय निस्दी–१ बाकामलाङ्ग दान बहादुर रजालीले ल्याउनु भएको पिँडालु, तृतिय रामपुर ६ का कमला रेग्मी जनकदेव आलु, सान्तवना रामपुर ६ नन्द बहादुर कुमालको चुल्ठे तरुल र रामपुर ८ का सीता भट्टराईको पिँडालु र रामपुर ६ का घनश्याम बस्यालले ल्याउनु भएको कृषि उपज भएको छ ।

फलफूल तर्फ प्रथम रामपुर ६ का भिमा ढकालले उत्पादन गर्नु भएको केरा, द्वितीय रामपुर ६ पशुपति रेग्मीले उत्पादन गर्नु भएको रुख बयार, तृतिय रामपुर ६ का सिजन रेग्मीले ल्याउनु भएको इमिली, सान्तवना रामपुर ८ का खड्ग बहादुर साठीघरले ल्याउनु भएको सुन्तला, रामपुर ६ का गिता खनालले ल्याउनु भएको उखु र रामपुर ७ विष्णु माया ढकालले प्रदर्शनीमा ल्याउनु भएको केरा भएको छ ।

कृषि तर्फ उत्कृष्टलाई नगद दुई हजार पाँच सय, प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद दुई हजार पाँच सय, २ हजार एक सय, १ हजार ५ सय र एक हजार नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । महोत्सवको अवसरमा रामपुर नगरका प्रत्येक वडाका ३/३ जना गरी ३० जना कृषकहरुलाई सम्मान गरिएको थियो । निरन्तर व्यवसायिक कृषिमा लागेका कृषकहरुलाई छनौट गरी नगद एक हजार सहित प्रमाण पत्रका साथ सम्मान गरिएको हो । कृषि प्रदर्शनी कार्यक्रमका संयोजक सुर्यप्रसाद रेग्मीले प्रदर्शनीमा सहभागी भएका कृषकलाई मुल्याङ्कन गरेर पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

साथै निरन्तर रुपमा व्यावसायिक कृषिमा लाग्दै आउनु भएका कृषकहरुलाई प्रोत्साहन प्रदान गर्न यस पटक वडाका जनप्रतिनिधिहरुको सिफारिसमा ३० जनालाई सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले मुल्याङ्कनका आधारको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमको सञ्चालन संघका सल्लाहाकार एवं प्रमाणपत्र छपाई तथा प्रकाशन उपसमितिका संयोजक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?