फागुन १ ।
पाल्पा, स्याङ्जाको वालिङ बाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिका –१० भकुण्डे बाट प्रहरीले विहीबार लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
सोमबार अपरान्ह ४ः५० बजे वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी टोलीले राजमार्गमा सवारी साधन चेकजांच गर्ने क्रममा पोखरा उपमहानगरपालिका–२१, कास्की बस्ने २४ वर्षीय शिवजी तिवारीलाई लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।
बुटवलबाट पोखरा तर्फ जाँदै गरेको बागमति प्रदेश ०१–००६ ख ७६५४ नम्बरको हाईसमा सवार तिवारीको साथबाट नोर्फिन ४९ एम्पुल, फेनरागन–६४ एम्पुल र डाईजेपाम ३४ एम्पुल गरी जम्मा १४७ एम्पुल नियन्त्रित लागुऔषध फेला परेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।