पतञ्जलीले दियो रामपुर र चापाकोटलाई साबुन

पाल्पा, महामारीको रुपमा फैलिएको कोरोना भाईरसले विश्वलाई आक्रान्त बनाएको छ । विश्वका सबै मुलुकहरु अहिले कोरोना विरुद्धको लडाईमा रहेको छ । नेपाल पनि भाईरस बाट मुक्त हुन भने सकेन । फलस्वरुप सरकारले महामारी न्यूनिकरण संगै संक्रमणको फैलावट रोक्नका लागि लकडाउन जारी राखेको छ ।


संक्रमणको न्यूनिकरणको लागि लकडाउनको विकल्प नभएको समयमा श्रमजिवी परिवार भने रोजगार विहिन बन्दा प्रत्यक्ष मारमा परेका छन् । उनीहरुलाई सरकारले स्थानिय तहहरु मार्फत पहिलो चरणको राहत पनि वितरण गरिसकेको छ । राहतलाई व्यवस्थित बनाउन सरकारले अवलम्बन गरेको एकद्धार निती संगै विभिन्न संग संस्थाले संघ, प्रदेश र स्थानिय तहले स्थापना गरेको राहत कोषमा नगद तथा जिन्सी संकलन भैरहेको छ । यसै क्रममा पतञ्जली योगपिठ नेपालले देशका विभिन्न स्थानिय तहहरुलाई रहयोग गर्दै आएको छ । पतञ्जली योगपिठ नेपालले पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट नगरपालिकालाई साबुन उपलब्ध गराएको छ ।

कोरोना भाईरस संक्रमण बाट बचाउन साबुनपानीले समय समयमा हात धुनु आवश्यक रहेको भन्दै राहतको लागि नीमको साबुन उपलब्ध गराएको हो । दुई नगरपालिकालाई ७५/७५ कार्टुन साबुन प्रदान गरेको हो । एक कार्टुनमा १ सय ४४ वटा साबुन रहने भएकाले ७५ कार्टुनमा १० हजार ८ सय साबुन रहेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले २ लाख ६० हजार बराबरको साबुन प्राप्त भएको बताउनुभयो । थापाले उपलब्ध साबुन आवश्यकता अनुसार अस्पताल, स्वास्थ्य संस्था, सार्वजनिक स्थल, क्वारेन्टाईनहरु केही वितरण गरिएको र अन्य साबुन दोस्रो चरणको राहत संगै वितरण गरिने जानकारी दिनुभयो । 

पतञ्जली आयुर्वेद केन्द्र नेपालका निर्देशक पवमान सुवेदीले काेराेना विरुद्धकाे अभियानमा केन्द्रले विभिन्न पालिकाहरुलाई सहयाेग गर्दै आएकाे जानकारी दिनुभयाे ।  रामपुर नगरपालिकाका नगरप्रमुख थापा र प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यलाई  पतञ्जली याेग समिति रामपुरका स‌याेजक दामाेदर भण्डारी र सचिव सुदिप गैह्रेले साबुन हस्तान्तरण गर्नु भएकाे थियाे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?