रामपुर नगरको राहत कोषमा एकै दिन १ लाख ६२ हजार

पाल्पा, रामपुर नगरपालिकाको कोरोना राहत कोषमा एकै दिन १ लाख ६२ हजार रकम संकलन भएको छ । कोरोना भाईसर बाट संक्रमण बाट जोगाउन घोषणा गरिएको लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि राहत वितरण गर्न विभिन्न संघ संस्थाले रकम जम्मा गरेको हो ।

आईतबार रामपुर निर्माण सामाग्री व्यवसायी संघ, रामपुर निर्माण व्यवसायी संघ, निजी तथा आवासिय विद्यालयहरुको छातासंगठन प्याब्सन पाल्पा र दुर्गादेवी सामाजिक महिला उद्यमी सहकारी रामपुर २ र राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखा बाट रकम संकलन भएको हो । रामपुर निर्माण सामाग्री व्यवसायी संघका तर्फ बाट संस्थापक अध्यक्ष मधुसुदन भट्टराई, संघका अध्यक्ष समशुल हक मियाँ, सचिव सुरेन्द्र आचार्य र सदस्य तिलक खड्काले नगर प्रमुख रमण बहादुर थापालाई ५२ हजार हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै रामपुर निर्माण व्यवसायी संघका अध्यक्ष डोलराज पाठक, सल्लाहाकार भोजेन्द्र प्रकाश ढकाल, उपाध्यक्ष केशव पोखरेल, महासचिव खिम बहादुर केसी पुरुषोत्तम, कोषध्यक्ष समशुल हक मियाँको उपस्थितिमा २५ हजार प्रदान गरेको छ ।

निजी तथा आवासिय विद्यालयहरुको छातासंगठन प्याब्सन नेपालको निर्देशन अनुसार व्याब्सन पाल्पाको तर्फ बाट ४० हजार रकम सहयोग गरेको छ । प्याब्सन नेपालका केन्द्रिय सदस्य सुर्य प्रसाद घिमिरे, प्याव्सन प्रदेश नं. ५ का सहकोषध्यक्ष गोविन्द पौडेल, रामपुर आवासिय विद्यालयका प्रिन्सिपल अनन्त प्रसाद भण्डारी, रजघरा ईङ्गलिश बोर्डिङ्गका भ्वाईस प्रिन्सिपल केशर बहादुर खाँण र लेखापाल दान बहादुर थापाको उपस्थितिमा रकम सहयोग गरेको हो । दुर्गादेवी सामाजिक महिला उद्यमी सहकारी रामपुर २ का अध्यक्ष विजु घिमिरे र व्यवस्थापक विष्णु मायाँ गरम्जाले सहकारीको तर्फ बाट नगद १५ हजार हस्तान्तरण गर्नु भएको थियो । यता नगरपालिकाको खातामा राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखाले ३० हजार जम्मा गरेको छ ।

यस अघि हातेमालो बचत तथा ऋण सहकारीले २५ हजार र प्रदेश नं. ५ का सांसद नारायण आचार्यले ३० हजार प्रदान गरेको थियो । त्यस अघि रामपुर नगरपालिकामा १० लाख ७ हजार ८ सय ७१ रुपैयाँ संकलन भैसकेको थियो । यस संगै १२ लाख २४ हजार ८ सय ७१ संकलन भैसकेको छ । यता सोमबार सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरले नगद २५ हजा ५ सय २५ र दियालो सामाजिक महिला कृषि सहकारी संस्था रामपुर ३ ले २० हजार ५ सय ५ जम्मा गरे संगै रामपुर नगरपालिकाको राहत कोषमा १२ लाख ७० हजार ९ सय १ जम्मा भएको छ । सरकारले अवलम्बन गरेको एक द्वार प्राणाली अनुसार नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम संकलन भएको हो ।


सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरले संघ संस्था बाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा केही भएपनि राहत मिल्ने बताउनुभयो । उहाँले प्राप्त सहयोग मार्फत दोस्रो चरणको राहत प्रदान गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?