दर्छा हरियाली साना किसान कृषि सहकारी द्वारा रामपुर नगरलाई सहयोग

पाल्पा, दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुर ३ पाल्पाले रामपुर नगरपालिकाको कोरोना राहत कोषको लागि रकम प्रदान गरेको छ । सहकारीले कोषका लागि २३ हजार सहयोग गरेको हो ।

कोरोना भाईसर संक्रमण बाट जोगाउन घोषणा गरिएको लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारको लागि राहतका लागि रकम प्रदान गरेको हो । सहकारीका तर्फ बाट कार्यवाहक अध्यक्ष बसन्तराम ठाडा, प्रबन्धक रिता थापा, ऋण तथा धितो उपसमितिका संयोजक गणेश प्रसाद घिमिरे र पशुधन सुरक्षण समितिका संयोजक बालकृष्ण खनालले रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यलाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेय, लेखा अधिकृत रेणुराम ज्ञावली र योजना अधिकृत कपिल बहादुर खाँण लगाएको उपस्थितिमा रकम हस्तान्तरण गर्नु भएको हो ।

सहकारीका कार्यवाहक अध्यक्ष ठाडाले संस्थाको निर्णय अनुसार केही भए पनि राहत होस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताउनुभयो । सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख घिमिरेले नगरपालिकाले दोस्रो चरणको राहत सुरु गर्न लागेको भन्दै श्राजीवि विपन्न वर्गको परिवार कोही पनि नछुट्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?