![](http://katuwalkhabar.com/wp-content/uploads/2020/05/images-1-1.jpg)
पाल्पा कालीगण्डकीमा पौडी खेल्ने क्रममा पाल्पाको रामपुर नगरपालिका १० मलौटेघाट बाट २ बालक बेपत्ता भएका छन् ।
आईतबार दिउँसो पौडी खेल्न गएका मध्ये रामपुर १० सिकोडाँडाका १० वर्षिय बालक सुनिल भट्टराई र सोही स्थानका १० वर्षिय समीर चापागाई बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले बताउनुभयो ।
४ बजे बेपत्ता भएको खबर प्राप्त भएपछि स्थानीयहरु, इलाका प्रहरी कार्यालय रामपुर र हुँगी प्रहरी चौकीले खोजी कार्य गरिरहेको रामपुर १० का वडा अध्यक्ष लिल बहादुर गाहा जानकारी दिनुभयो । सुनिल र समीर सहित ५ बालकहरु दिउँसो १ बजे नदीमा पौडी खेल्न गएका थिए ।