अन्धकारमुक्तिले व्याजदरमा छुट दिने मिति थप गर्याे

पाल्पा  अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले व्याजदरमा छुट दिने मिति थप गरेको छ । यस भन्दा अगाडी जेठ मसान्त भित्र व्याज बुझाएमा व्याजको १० प्रतिशत रकम छुट दिने निर्णय गरेको संस्थाले म्याद थप गरी यही असार २५ गते सम्म पु¥याएको हाे।

संस्थाले विश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलन नदिनका लागी सरकारले गत चैत्र ११ गते देखि जारी गरेको लकडाउनका कारण आफ्ना सदस्यहरु प्रभावित भएको भन्दै व्याजमा छुट दिने निर्णय गरेको हो । सहकारी मार्फत ऋण लिई पेशा व्यवसाय गरेका आफ्ना सदस्यको व्यवसायमा पनि असर परेकाले त्यसलाई मध्यनजर गर्दै चैत्र , बैशाख र जेठ महिनाको व्याज असार २५ गते सम्म बुझाएमा १० प्रतिशत छुट दिईने अन्यथा कुनै छुट नहुने र नियम अनुसार शुल्क लाग्ने सहकारीका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले बताउनुभयो ।

गत जेठ मसान्त सम्म व्याज भुक्तानी गर्ने सदस्यलाई छुट दिने निर्णय गरेपनि लकडाउनको समय लम्बिएकोले र सदस्यहरुको व्यवसायमा पर्न गएको अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै छुट दिने समय अवधि थप गरिएको संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?